पोखरा, कार्तिक २ । नेपाल पोलिमर इन्स्टिच्यूट (एनपिआई) ले प्रत्येक २ वर्षमा आयोजना गर्ने गरेको काठमाडौं विम्पोजिया अन् एड्भान्स मेटेरीयल सम्बन्धि तेश्रो सम्मेलन यसपटक पोखरा विश्वविद्यालयको सहकार्य र विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जर्मनी स्थित इन्स्टिच्यूट अफ पोलिमर मेटेरियलको सहयोगमा पोखरामा शुरु भएको छ ।
सम्मेलनको समुद्घाटज नास्टका उपकुलपति प्रा.डा. जीवराज पोखरेलले पानसमा वत्ती बाली गरे । उद्घाटन सत्रमा नेपाल पोलिमर इन्स्टिच्यूटका अध्यक्ष तथा सम्मेलनका संयोजक प्रा.डा. रामेश्वर अधिकारीले गरेका थिए । काठमाडौँमा प्राय सभा सम्मेलनहरु भइरहने तर मोसफलमा यस्ता कार्यक्रमहरु विरलै मात्र हुने सन्दर्भमा पोखरामा आयोजना हुन जादा स्थानिय स्तरका विज्ञान सम्वन्धि कार्य तथाअनुसन्धानमा संलग्न वैज्ञानिकहरुलाई प्रोत्साहन मिल्न सक्ने र सम्मेलनमा उपस्थित नेपाल तथा विदेशका वैज्ञानिकहरुसँग प्रत्यक्ष सम्बाद गर्न सक्ने अवसर प्राप्त हुने कुरा प्रा.अधिकारीले बताए ।
सम्मेलनका प्रमुख अतिथि प्रा. जिवराज पोखरेलले नेपाली पौराणिक प्रविधिको संरक्षणमा पनि विशेष ध्यान पु¥याउनु पर्ने बताए । उद्घाटन सत्रमा जर्मन वैज्ञानिक डा. राल्फ लाख, जर्मनिका लागी पुर्व राजदुत प्रा.डा. नोवल किशोर राई, राष्टिय यूवा परिषदका उपाध्यक्ष श्री माधव ढुंगेलले पनि सम्बोधन गरेका थिए ।
उद्घाटन सत्रको सभापतित्व पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. चिरञ्जीवि शर्माले गरेका थिए । उद्घाटन सत्रमा आयोजक समितिको तर्फबाट डा. राजेश पण्डितले धन्यवाद ज्ञापन गरेका थिए भने सञ्चालन ज्योती गिरीले गरेका थिए ।
आइतबार बिहानदेखि पोखरा विश्वविद्यालय हातामा विद्यार्थी केन्द्रित कार्यशाला गोष्ठिको आयोजना गरिएको थियो । कार्यशालाको उद्देश्यमाथि कार्यक्रम संयोजक प्रा.डा. रामेश्वर अधिकारीले प्रकाश पारेका थिए भने सम्पुर्ण सहभागिहरुलाई विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जिवी शर्माले स्वागत गर्दै कार्यशालाको उद्घाटन गरे ।
कार्यशालामा नेपाल तथा विदेशका विभिन्न क्षेत्रमा कार्यरत वैज्ञानिक हरुले विद्यार्थी तथा सहभागीहरुलाई विभिन्न प्रविधिहरुको जानकारी दिनुका साथै देश विकासमा त्यस विषयको महत्ववारे प्रकाश पार्नुभएको थियो ।
स्थानीय आयोजक समितीका सदस्यहरु कोमलप्रसाद मल्ल, विष्णु न्यौपाने, अनिल गौतम तथा हरिशरण अधिकारीका अनुसार यस प्रकारको कार्यक्रम पोखरामा हुनाले पोखरा तथा सम्पुर्ण पश्चिम क्षेत्रमा विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई प्रोत्साहन पुगेको बताए । आयोजक समितिका सदस्य प्रा.डा. मोतीलाल शर्माले पोखरा विश्वविद्यालयको संरक्षकत्वमा कार्यक्रम हुनाले भविष्यमा पनि दिपक्षीय कार्यक्रमहरु प्रभावकारी रुपमा सम्पन्न गर्न अवसर प्राप्त भएको बताए ।