लुम्बिनीमा ई–रिक्सा चालकहरुद्वारा प्रर्दशन जारी

समाचार

लुम्बिनी, कार्तिक ४ । लुम्बिनीमा स्वदेशी तथा बिदेशी पर्यटक बढिरहेको बेला व्यवस्थापनको कमजोरीका कारण ई–रिक्शा थन्किएपछि चालकहरु तीन शूत्रीय माँग अघि सारी बिरोधमा उत्रेका छन् ।
बिश्व सम्पदा सूचीकृत लुम्बिनीको वातावरणीय सरसफाईमा मद्दत पुर्याउने उद्देश्य राखी कोईका नामक दातृ संस्थाको आर्थिक सहयोगमा अनुदान प्राप्त बिद्युतीय रिक्सा यातायात व्यवस्था बिभाग तथा लुम्बिनी बिकास कोषको फितलो व्यवस्थापनले पछिल्लो समयमा प्रहरीले रोक लगाएपछि चालकहरु मैत्रीपुलमा लगाइएको ताला खुलाउनु पर्ने, रातो नम्बर प्लेटका सवारीसाधन भाँडामा चलाउन प्रतिबन्ध लगाउनु पर्ने तथा लुम्बिनीमा ध्वनि र धुँवा रहित बनाउन तत्काल ई रिक्शा सञ्चालनमा ल्याउनु पर्ने लुम्बिनी बिकास कोष समक्ष माँग राखी प्रर्दशनमा उत्रेका हुन् ।

ricksh

लुम्बिनी बिकास कोष र महामाया रिक्सा समुहसँग समझौता गरि अनुदान प्राप्त ७० वटा बिद्युतीय रिक्सा मजदूरहरुबाट हजारौं रकम संकलन गरि मम्र्मत सम्हार पश्चात महिनौंदेखि सञ्चालनमा प्रहरीले रोक लगाएको र रिक्सा ब्यवसायी बिचल्लीमा परेपछि बाध्यात्मक परिस्थितीमा १५ दिन भित्र माँग पूरा गराउन शनिवारदेखि बिरोध प्रर्दशनमा उत्रेको महामाया रिक्सा समुहका अध्यक्ष नागेन्द्र प्रसाद गोस्वामीले जानकारी गराए ।
त्यस्तै तोकिएको समय भित्र आफूहरुले राखेको माँग पूरा गर्न कोषले बेवास्ता गरेमा करीब सय भन्दा बढी रिक्शा चालकहरुले बाटामै रिक्शा थन्काई अझै सशक्त आन्दोलन गर्ने महामाया ई रिक्शा समितीका सचिव जलाल अहमद मुसलमानले चेतावनी समेत दिएका छन् ।
सो सम्बन्धमा लुम्बिनी बिकास कोषका प्रशासकीय अधिकृत चूरामणि भट्टराईसँग जिज्ञासा राख्दा उनले पदाधिकारीहरु लुम्बिनीमा नभएको अवस्थामा रिक्शा चालकहरुले माँग अझै कोष समक्ष नआईपुगेको हुँदा बाहिरको हल्ला मात्र भएको बताएका छन् ।
यद्यपि लुम्बिनीमा ई रिक्शा चालकहरुले ई रिक्शा सञ्चालनका लागि कोष समक्ष पटकपटक माँग गर्दै आए ता पनि उनीहरुको माँग प्रति कोषले हालसम्म कुनै प्रकारको चासो नदेखाएको खबर छ ।

Post Comment