काठमाडौं । मुलुकको हेवी ईक्वीपमेन्ट बजारमा क्रियाशिल आईडिएमसी प्रा.लि.ले एक्सीएमजीको एक्सई २१५ मोडेलको एक्साभेटर नेपाली बजारमा ल्याएको छ ।
गणतन्त्र चिनको एक्सीएमजी ब्राण्डकोे यो २१.५ टनको एक्साभेटरमा विश्व बिख्यात जापानीज इसुजु कम्पनीको ईन्जीनका साथै जापानीज कावाशाकी कम्पनिद्धारा निर्मित हाईड्रोलिक्स जडान गरिएको छ ।
नेपालमा यो मेशिन बिक्री शुभारम्भको अबसरमा सबै खरिदकर्ताहरुको एक जोडीलाई कम्पनीको प्mयाक्ट्री अवलोकन सहित ५ रात ६ दिनको चीन भ्रमणको अवसर समेत उपलब्ध गराउने कम्पनीका प्रबन्ध निर्देशक पुरुषोत्तम सुबेदीले जानकारी दिए । यो योजना १५ नोभेम्बर २०१६ सम्म लागू हुने जनाइएको छ । यो एक्साभेटरको बजार मुल्य ८५ लाख रहेको छ ।
बिश्वको हेवी ईक्वीपमेन्ट बजारमा अत्यधिक माग रहेको ५ ब्राण्डहरु मध्ये एक्सीएमजी ब्राण्ड पनि प्रमुख एक हो भने चाईनामा सबैभन्दा धेरै बिक्री हुने नं. १ हेवी ईक्वीपमेन्ट ब्राण्ड हो । बिक्री पछिको सेवा संभारका लागि कम्पनीले भक्तपुरको सानोठिमी स्थीत आप्mनै मर्मत संभार केन्द्रको स्थापना गरी चाईनीज बिषेशज्ञ ईन्जिनियर समेत उपलब्ध गराएको छ ।
एक्सीएमजीको रोड रोलर, सोयल कम्प्याक्टर, डबल ड्रम कम्प्याक्टर, ब्याकहो लोडर, लोडर, मोटर ग्रेडर, मोबाइल क्रेन, लरी क्रेन, क्वाइलर क्रेन, डिजेलबाट चलाउन सकिने फोर्कलिफ्ट ट्रक, मोबाइल टावर क्रेन समेत आईडिएमसीले नेपाली बजारमा उपलब्ध गराउदै आएको छ ।