मलेसियाको हिन्दुमन्दिरमा गुञ्जियो नेपाली देउसिरे

समाचार

काठमाडौं, १५ कात्तिक। मलेसियाको राजधानीस्थित एक हिन्दु मन्दिरमा ‘प्रेमवादी’हरूले आइतबार देउसिरे खेलेका छन् । क्वालालम्पुरको दुर्गामन्दिरमा उनीहरूले सांगितिक देउसिरे खेलेका हुन् । नेपाली धर्म संस्कृतिको रक्षा गर्ने, मानव र प्राणी सबैमा उत्तिकै प्रेम छर्ने उदेश्यका साथ स्थापित नेपाली आध्यात्मिक अभियान हेभन्लीपाथले देउसिरे कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रम हेभन्लीपथ मलेसियाले आयोजना गरेको थियो । कार्यक्रममा सयभन्दा बढि नेपाली सहभागी भएका थिए । कार्यक्रममा गायक थिरज राई र सुर्वीन बान्तबाले आफ्ना गीतहरू गाएको हेभन्लीपथ मलेसियाका महासचिव मिलन तामाङले जानकारी दिए ।

malaysia-tihar-2016-1

Post Comment