२९ कात्तिक-सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले राष्ट्रिय सहमतिकैआधारमा आगामी चैतभित्र स्थानीय निकासको निर्वाचन हुने बताउनुभएको छ ।प्रेस सेन्टर नेपाल पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वर्तमान सरकारले नै सबै दलकोसहमतिमा संविधान संशोधन गरी स्थानीय निकाय लगायत तीनै तहको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने जिकिर गर्नुभयो ।स्थानीय विकास मन्त्रालयले आजै यहाँ आयोजना गरेको ‘सीमाक्षेत्र विकास वार्षिक समीक्षा गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सीमा क्षेत्र विकास कार्यक्रमका लागि सरकारले विनियोजित गरेको बजेटलाई पूर्वधार विकासमा लगानी गर्न आग्रह गर्नुभयो ।उहाँले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी बिजुली बत्ती, सडक र सिँचाइजस्ता पूर्वाधार विकासमा विनियोजित बजेट खर्चिन कार्यक्रममा सहभागीस्थानीय विकास अधिकारी, नगरपालिकाका कार्यकारी अधिकृत र जिल्ला प्राविधिक कार्यालयका प्रमुखलाई निर्देशन दिनुभयो।