संविधान संशोधन बारे जवराले गरे यस्तो खुलासा

समाचार

१ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले मधेसमा दुई प्रदेशसहित विभिन्न मागलाई सम्बोधन गर्न संविधान संशोधनको तयारी भइरहेको बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रमा बोल्दै जबराले अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुख बाहेक अन्य महत्वपूर्ण पदमा जान सक्ने गरि संविधान संशोधनको तयारी भइरहेको बताएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी बीच अबको तीन महिनाभित्र एकीकरण हुने भन्दै उनले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेण्डा सहित पार्टी एकिकरण हुन लागेको बताए । उनले पार्टी एकीकरणसँगै पदीय बाँडफाँड समेत मिलिसकेको भन्दै आफू निर्देशन समितिको राष्ट्रिय अध्यक्ष र राप्रपा नेपालका अध्यक्ष कमल थापा निर्देशक समितिको निर्णय कार्यान्वयन गर्ने पार्टी अध्यक्ष बन्ने बताए ।

Post Comment