साउदी अरेबिया, मंसिर-५ । तेह्रथुम जिल्ला मोराहाङ्ग गा. वि. स.- ४ निवासी नारायण खतिवडाको जेठो छोरा बर्ष ३५ को बिनोद खतिवडा आजभन्दा करिब ४ महिना अगाडि काठमाडौंको नक्सालमा रहेको भरोसा अोभरशिष मार्फत जम्मा कुल लागत १ लाख ४० हजार रुपैयाँ बुझाएर साउदी अरबको रियादमा पुगे ।
मेनपावरले एकदमै प्रख्यात सुपरमार्केटमा काम हो भनेर पठायो तर साउदी पुगेको पछि कम्पनी फरक काम पनि फरक दियो । कम्पनीको नाम white ful shapalyear company mahara तर पनि उनी नआउनु आइयो दुखसुख काम गर्नुपर्यो भनेर दिनको १८ घन्टा सम्म काम गरेर उसले लगभग ४ महिना बिताएको मात्रै थियो । यसैबी मा यहि नोभेम्बर १५ तारिखमा कम्पनीले अगिल्लो महिनाको तलब हातमा दिएको थियो ।त्यसको भोलिपल्ट बिनोद ले पैसा पठाउन साउदी अरबको रियादमा रहेको speed cash money ट्रान्सफरमा रहेको IME मार्फत घरमा पैसा पठाउन लाई दिउँसोको १२ बजे गएका थिए । तर त्यहा बैंकका कर्मचारीले उसलाई काउन्टरमा पैसा बुझाएको देखेर उसले दिएको साउदी रियल ५०० का नोटहरू लगभग २,५०० रियल दिएका थिए ।
त्यसपछि त्यो बैंकका कर्मचारीले उसलाई तिम्रो पैसा पठाउन अहिले मिल्दैन, तिम्रो अंकको फोटोकपि दिएर जाऊ अनि भरे बेलुका तिमी एकपटक आउनु भने । तिम्रो पैसा बेलुका पठाइदिने हो भनेर उसलाई रुममा फर्काए । उ पुन त्यसै दिन बेलुका साउदी को समय अनुसार बेलुका को ४:४५ मा बैंकमा बिनोद पुगेका मात्रै के थिए तर बैंक भित्र रहेका साउदी पुलिसले उसलाई जालि नक्कली नोटहरू को कारोबारको झुटो आरोपमा पक्रीयो ।
हाल उनी प्रहरी हिरासतमा छन । साउदीको कुन जेलमा राखिएको छ आजसम्म कुनै बृस्तृत जानकारी पाउन सकिएको छैन । शनिबार मात्रै उसलाई उसको भाइ कतारमा रहेको केवल खतिवडाले कल गर्न सफल भए तर राम्रोसँग कुराकानी गर्न पाएनन् । किनकि जेलमा टेलिफोन निकै कठिनाइ हुदोरहेछ । घरमा कल गर्नलाई हिजोको बिनोदको भाइ र बिनोद सँगको संक्षिप्त कुराकानी अनुसार साउदी पुलिसले निज लाई तिम्रो कम्पनीको मान्छे आएर एउटा कागजात मा सिक्नेचर गर्नपर्छ अनि तिमी लाई हामी ले छोड्ने छौँ भनेको रहेछ । तर हालसम्म बिनोद को कम्पनी बेखवर बनेर बसेको छ । यो कुरा नेपाल सरकार साथै साउदी अरेबियामा रहेको नेपाली राजदुतावास ले तुरुन्तै चासोका साथमा निजलाइ खोजि गरेर सकुशल नेपाल फर्काउने पहल नेपाल सरकारले गर्दिनु पर्यो ।
[समाचार बिनोदका छिमेकी छत्र लकाइ खड्काको सहयोगमा तयार पारिएको हो-सम्पादक]