७,मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेलाई अहंकारी भनेपछि बालुवाटार बैठक भाँडिएको छ ।संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले सोमबार साँझ बैठक आह्वान गरेका थिए । बैठकमाएमाले नेताहरुले राष्ट्र र राष्ट्रिय हित विपरित संशोधन प्रस्ताव मान्न नसकिने र त्यसो भए संशोधनको विपक्षमा उभिने निर्णय सुनाएपछि प्रधानमन्त्रीले अहंकारी भनेका थिए ।‘संशोधन प्रस्ताव राष्ट्र र राष्ट्रिय हित विपरित भए विपक्षमा उभिने एमालेको निर्णय हामीले बैठकमाराख्यौ । हामीलाई अहंकारी भनेर प्रधानमन्त्रीले भन्नुयो,’ एमाले उपाध्यक्ष भीम रावलले बालुवाटारमा सञ्चारकर्मीलाई भने– ‘संविधान ल्याउँदा एमालेले सहकार्य गरेको कुरा हामीले सम्झायौं । हामी अहंकारी होइनौं भन्यौ र राष्ट्र र जनताको हितविपरित यदि हाम्रो सहमतिविना संशोधन प्रस्ताव आयो भने सडक र संसदमा अवरोध गर्छाै ।’सरकारले संशोधन प्रस्ताव ल्यायो भनेदेश विखण्डन हुने चेतावनी दिँदै रावलले राष्ट्रियताको हिसाबले, अखण्डताको हिसाबले पनि यो संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने स्पष्ट पारे ।भीम रावलस्रोतका अनुसार प्रचण्डले एमालेलाई अहंकारी भनेपछि अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु माधवकुमार नेपाल, बामदेव गौतम, भीम रावल र सुवासचन्द्रनेम्वाङ लगायतका नेताहरु आक्रोशित हुँदै बाहिरिएका थिए ।प्रमुख प्रतिपक्षी दल रिसाएर हिडेपछि संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन निर्णायक भनिएको बैठक निष्कर्षविहिन बनेको छ । जानकारहरुका अनुसार अब सहमतिको सम्भावना पनि लगभग सकिएको छ ।