गृहमन्त्री निधिका कारण सरकार धरापमा , प्रधानमन्त्रीलाई चिनले दियो चेतावनी

समाचार

९,मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेससभापति शेरबहादुुर देउवावीचको सम्बन्धमा चिसोपना बढ्दै गएको छ ।दाहाल र देउवावीच अविश्वासको खाडल बढ्दै गएको स्रोतले जनाएको छ । यसको फाइदा गृहमन्त्री विमलेन्द्र निधिले लिइरहेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव दर्ताको विषयलाई लिएर दाहाल र देउवावीच तिक्तता बढेको माओवादी केन्द्रका एक नेताले बताए । ‘एमालेले प्रधानमन्त्रीको भावनामा खेलेर कांग्रेससँगको दुरी बढाउन भूमिका खेल्यो’, नाम उल्लेख नगर्ने सर्तमा ती माओवादी केन्द्रका नेतालेभने–‘दाहाल र देउवावीच राम्रोसँग कुराकानी पनि हुन छाडेको छ ।’दाहाल र देउवावीच अनौपचारिक कुराकानी मात्रै हुने गरेको स्रोतकोभनाइ छ । एमालेसँग नजिकिन खोजेका दाहालले धोका दिन्छन् कि भन्ने डर देउवालाई छ । अझ हालै भारतमा गएर दलाई लामाका प्रधानमन्त्रीलाई भेटेपछि दाहाल र देउवाको दुरी बढेको भन्नेहरू पनि छन् । चीनले प्रधानमन्त्री दाहाललाई देउवासँगको सम्बन्धलाई धेरै अगाडि नबढाउन चेतावनी दिएको स्रोतको दाबी छ ।अमेरिकन लबीका मानिने देउवा अमेरिकनकै दबाबमा भारतमा पुगेर दलाईलामाका प्रधानमन्त्रीलाई भेटेर चीनलाई थ्रेट दिएको भन्नेहरू पनि छन् । यसको फाइदा लिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि लागेको स्रोतको भनाइ छ । देउवालाई चीन विरोधी र अमेरिकनको धब्बा सधैका लागि लगाएर राजनीति नै चौपट बनाएर आफू देउवा गुटबाट अगाडि बढ्ने दाउमा निधि छन् ।सोही कारण देउवालाई दबाब दिएर निधिले खुमबहादुर खड्कालाई उपसभापतिमा मनोनीत गर्न दिएका छैनन्। खड्का उपसभापति बन्नेवित्तिकै निधिको राजनीति धरापमा पर्ने र देउवा झन् शक्तिशाली बन्ने देखेरै खड्काविरुद्ध ठूलो षड्यन्त्र भएको स्रोतको भनाइ छ । निधिले देउवालाई शक्तिशाली भएको कहिल्यै देख्न चाहदैनन् भन्नेहरू कांग्रेसमा धेरै छन् ।

Post Comment