संविधान संसोधनमा गच्छदारले एमालेको पक्ष लिदै बिराटनगरमा यसो भने !

समाचार

९ मंसिर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले नेकपा एमालेको सहमति बिना संबिधान संशोधन हुन नसक्ने बताएका छन् । विराटनगरमा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष गच्छदारले एमाले बिना गरिने संविधान संशोधन आफ्नो दललाई मान्य नहुने समेत बताउनुभयो । मुख्य तीन दलको सहमतिमा मात्र संविधान संशोधन प्रस्ताव ल्याउनुपर्ने उहाँको धारणा छ । अध्यक्ष गच्छदारले प्रमुख प्रतिपक्षी एमालेलाई सहमतिमा नल्याईकन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ल्याएको प्रस्तावले संविधान संशोधन हुननसक्ने दावी गर्नुभयो । मुलुकको प्रमुख राजनीतिक शक्तिको रुपमा रहेको एमाले पार्टीलाई पाखा लगाएर संविधान संशोधन गर्न खोजिए मुलुक राजनीतिक मुठभेडमा जाने उहाँको भनाई थियो । अध्यक्ष गच्छदारले सीमाकंनका विषयमा देखिएका विवादित जिल्लाहरुमा जनमत संग्रहबाट टुंगो लगाउनुपर्ने बताउनुभयो । फरक फरक नेता र दलहरुले आ–आफ्ना जिल्ला टुक्राउन नदिने र नेताहरुका फरकफरक बोलीले थप समस्या जटिल बन्दै गएकाले मोरङ, झापा, सुनसरी, सिराहा, सप्तरी तथा उदयपुर जिल्लाका सीमांकनका विवाद टुंग्याउन जनमत संग्रहमा जानुपर्नेमा उहाँको जोड छ ।

Post Comment