मधेसी मोर्चाको बैठक : आन्दोलनको तयारी , सरकारलाई संकट

समाचार

ं, १३ मंसिर । संविधान संशोधनर भावी योजनाका विषयमा छलफल गर्न मधेसी मोर्चासहितका दलहरू आवद्ध संघीय गठबन्धनको बैठक बस्दैछ ।काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा आज बस्ने बैठकमा विशेष गरेर सरकारसँग भएको तीन बुँदे सहमति र संविधान संशोधनका विषयमा छलफल हुनेछ। गठबन्धनको बैठक लामो समयपछि बस्न लागेको हो ।

राष्ट्रय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले सरकारसँग भएको सहमति कार्यान्वयनकै समीक्षा हुने बताउनुभयो ।‘संविधान संशोधनका विषयमा सरकारले गृहकार्य गरेको थियो’, उहाँले भन्नुभयो, ‘कुन कुन विषयमा संशोधन हुँदैछ त्यस विषयमा पनि छलफल हुनेछ ।’

सरकारलाई दोस्रो पटक १५ दिनको अल्टिमेटम दिएको संघीय गठबन्धनले माग पूरा नभए आन्दोलनमा जाने मनस्थिति बनाएको छ ।

Post Comment