राष्ट्रसंघमा कार्यरत दुई नेपालीको अपहरण।

समाचार

मंसिर १३, पश्चिमी डाफर राज्यको राजधानि जेनैनाबाट सुडानको डार्फरस्थित राष्ट्रसंघीय नियोगमा कार्यरत दुई जना नेपाली आइतबार अपहरणमा परेको जानकारी एएफपीले जनाएको छ। राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसीअर) मा कार्यरत तीन जनालाई हतियारधारी समुहले अपहरण गरेकोमा तीमध्य एक सुडानकै नागरीक हुन भने दुई नेपाली नागरीक हुन्। उनीहरु अपहरणमा परेको जानकारी स्थानीय सरकारी निकायलाइ उद्धृत गर्दै सोमबार मात्र सार्वजनिक भएको हो। पश्चिमी डार्फरका प्रवक्ता अब्देलाह मुस्तफाले यो सुचनाको पुष्टी गरेका हुन।
राष्ट्रसंघको तथ्यांक अनुसार तीन लाखभन्दा बढी मानिसको हत्या भइसकेको छ भने २५ लाख मानिस विस्थापित भइसकेका छन्। अरब मुलुकको प्रभावमा स्थापित सरकारका ओमार अल बसिरका विरुद्ध हिंस्रक प्रतिरोध गरेपछि १३ बर्षदेखि यो मुलुक अशान्त रहँदै आएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालतले वसिरलाई युद्ध अपराध र नरसंहार गरेको कसुरमा खोजी गरिरहेको छ भने उनका पक्षले यसको प्रतिवाद गर्दै आइरहेका छन् ।

Post Comment