संबिद्यान संशोधन बारे ओलीले यसो भने ।

समाचार

१८,मङ्सिर । सरकारले मंगलबार व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्यो । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीकै सहमतिमा संशोधन प्रस्ताव दर्ता गरिएको बताएका छन् । तर, ओलीले भने मुलुक जिद्धीमा नभइ औचित्यका आधारमा चल्ने बताएका छन् । उनले भने, ‘संशोधन जिद्धीमा होइन औचित्यको आधारमा हुनुपर्छ ।’

संशोधन प्रस्ताव दर्ता भएदेखि औपचारिक कार्यक्रममा नदेखिएका ओली आज शनिबार भने राजधानीमा आयोजित सुखानी स्मृति प्रतिष्ठानको १२ औं साधारणसभामा उपस्थित भएर यस्ताे बताएका हुन् ।

उनले सुखानी काण्ड बलिदानी र प्रेरणाको प्रतिक रहेको भन्दै सो संघर्षको इतिहास तथा समतामुलक समाजको लागि देखिएको पसना पनि भएको बताए ।

लोकतन्त्र टिकाउनको लागि झापा आन्दोलन र सुखानीको देन रहेको उल्लेख गर्दै ओलीले सुखानीमा ५ जनाको सहादत हुँदा त्यतिबेला बामपन्थी आन्दोलन केहि धर्मराएको समेत स्मरण गरे ।

झापा आन्दोलनका क्रममा तत्कालीन भूमिगत कम्युनिस्ट पार्टीका तत्कालीन मेची–कोसी को–अर्डिनेसन कमिटीबाट विद्रोह गरेर बनेको को–अर्डिनेसन कमिटी, झापाले वर्गशत्रु खतम अभियान र तत्कालीन पञ्चायती दमनविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा पक्राउ परेका पाँचजना योद्धालाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा सुखानीको जंगलमा २०२९ फागुन २१ गते लगेर हत्या गरिएको थियो ।

Post Comment