भारतीय राजदुतको भरमा प्रधानमन्त्री

समाचार

१९,मङ्सिर । आफ्ना माग सम्बोधन नभएको भन्दै मधेसी मोर्चाले संविधान संशोधन प्रस्तावप्रति असहमति जनाइरहेका बेला भारतीय राजदूत रन्जित रेले उनीहरु लचकता देखाउन तयार भएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई आश्वस्त गरेकाछन् ।

शनिबार बिहान ब्रेकफास्टमा मोर्चाका पाँच शीर्ष नेतालाई बोलाएर उनीहरुको भावी रणनीतिबारे छलफल गरेका राजदूत रेले अपराह्न प्रधानमन्त्री प्रचण्डलाई भेटी मधेसीमोर्चाले लचकता देखाएको भन्दै तत्काल उनीहरुसँग वार्ता गर्न आग्रह गरेका हुन् ।

रेकै सुझाव अनुसार प्रचण्डले शनिबार साँझ मधेसी नेतासँग बैठक गरेपछि मोर्चाको सुरक्षितअवतरणका लागि दुवैतर्फबाटसंशोधनमा सामान्य परिमार्जन गर्न सहमति भएको स्रोतले उल्लेख गरेको छ ।

विहान दुताबास र बेलुका प्रधानमन्त्री निबासमा भएका छलफलमा सहभागी एक नेताका अनुसार राजदुत रेले संशोधनका पक्षमा एमालेको समर्थनसमेत जुटाइदिने आश्वासन दिएपछिप्रधानमन्त्री थप आश्वास्त भएका छन् ।

Post Comment