१९,मंसिर । भारत सरकारलेनेपालमा हुन लागेको संविधान संशोधन विधेयकलाई ‘महत्वपूर्ण कदम’ भने टिप्पणी गरेको छ ।
शनिबार नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ताविकास स्वरूपले नेपालको संसद सचिवालयमा दर्ता भएको संविधान संशोधनको प्रस्तावले राजनीतिक निकास दिने बताएका हुन् ।
तराईबाट पहाडी जिल्ला टुक्र्याउने तथा अंगीकृत नागरिकलाई अधिकार दिने यो प्रस्तावको भारतले पहिलो पटक महत्वपूर्ण कदम भनेर टिप्पणी गरेको हो ।‘संशोधन प्रस्तावले छिमेकी देश नेपालको शान्ति र स्थिरताका लागि उचित कदम हो’, विकास स्वरुपले भनेका छन्, ‘भारतले सबै किसिमको समर्थन दिनेछ । नेपालमा संविधान संशोधनका लागि भइरहेको प्रयास सफलतापूर्वक पूरा हुनेछ ।’‘नेपालको शान्ति, स्थिरता र प्रगति भारत–नेपाल दुबैको हितमा हुन्छ’, प्रवक्ता विकास स्वरुपले भनेका छन्, ‘भारत, नेपाल सरकारको वार्ता र संवैधानिक प्रक्रियामार्फत आफ्नो समाजका सबै समस्या पूरा गर्न पहल गर्नेछ ।
’स्वरूपले भनेका छन्, ‘मौजूदा प्रक्रिया अनुसार २९ नोभेम्बरमा नेपाली संसदमा संविधान संशोधन विधेयक दर्ता हुनु एक महत्वपूर्ण कदम हो ।’ भारतको यो विवादास्पद अभिव्यक्तिसँगै नेपाली राजनीति एकपटक फेरि चर्किनेछ ।