राष्ट्रपतीय निर्वाचन परिणामले नेपालीमा नकारात्मक असर गर्दैन:-राजदुत टेप्लिस

समाचार

२० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसले भेटवार्ता गर्नुभएको छ ।सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टेप्लिसबीच नेपालको समसामयिक राजनीतिक परिस्थिति र संक्रमणकालीन न्याय एवंयसको व्यवस्थापन सम्बन्धि कुराकानी भएको हो ।

प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन गर्न सरकार गम्भीर रुपमा सहमतिको प्रयासमा लागेको जानकारी दिँदै सबै पार्टीहरू समझदारीकै माध्यमबाट संविधान कार्यान्वयनको प्रक्रियामा आउने बताउनु भएको दाहालको निजी सचिवालयलेजनाएको छ

।नेपालको शान्ति प्रक्रिया र द्वन्द्वको व्यवस्थापन मौलिक भएको भन्दै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको प्रतिवेदनका आधारमा संक्रमणकालीन न्यायको व्यवस्थापन गरिने दाहालले बताउनु भयो ।

भेटमा प्रधानमन्त्री दाहालले भर्खरै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन र अमेरिकामा रहेका नेपालीहरूको भविष्यबारे पनि चासो राख्नुभएको थियो ।राजदूत टेप्लिसले नेपालको राजनीतिक प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको, अमेरिका सधै नेपालको शान्ति रप्रगतिको पक्षमा रहेको बताउनुभयो ।

उहाँले अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन परिणामले नेपाल र नेपालीमा कुनै नकारात्मक असर नपार्ने जानकारी दिनुभयो ।

Post Comment