२०,मंसिर । संविधान संशोधनप्रस्तावविरुद्ध आन्दोलनमा उत्रिएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले को नेतृत्वमा भारतीय राजदूतावास घेराउ गरिएको छ ।
सोमबार एमालेका भातृ संगठनहरु युवा संघ नेपाल र अनेरास्ववियुसहित अखिल पाँचौं, अखिल क्रान्तिकारी संगठन, अखिल नेपाल युवक संघ लगायत संयुक्त युवा विद्यार्थीहरुले नेपालको आन्तरिक मामिलामा भारतीय राजदूतले अस्वभाविक हस्तक्षेप गरेको भन्दै लैनचौरस्थित दूतावास घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन् ।विरोध प्रदर्शनको कमाण्डिंग युवा संघका अध्यक्ष राजीव पहारी र अनेरास्ववियु अध्यक्ष नविना लामाले गरेका छन् ।
प्रदर्शनमा सयौं युवाहरु उपस्थित छन् ।युवा संघका प्रवक्ता प्रभातविक्रम कटवालका अनुसार ‘अनावश्यक भारतीय हस्तक्षेप बन्द गर । भारतीय विस्तारवाद मुर्दावाद । रञ्जीत रे तिम्रो हैसियतमा बस । तिमीले आफ्नो पदीय मर्यादा ख्याल राख । सक्दैनौं भने नेपाल छोड’ भन्ने नारासहित प्रदर्शन भइरहेको छ ।
प्रदर्शनका कारण भारतीय राजदूत दूतावासभित्रै थुनिएका छन् ।सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा र मधेसी नेतालाई निर्देशन दिएर नेपाली राजनीतिमा भारतीय राजदूत रञ्जीत रेले ठाडो हस्तक्षेप गरेको भन्दै एमालेले भारतविरुद्ध एक्शन लिँदै आन्दोलनको सुरुवात गरेको छ ।
यसअघि शनिबार पनि एमाले भातृ संगठनले दूतावासमा ‘राजदूत रञ्जीत रेलाई देश निकाला गर’ भन्दै प्रदर्शनगरेका थिए ।