२४,मंसिर । नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईमाथि जुत्ता प्रहार भएको छ ।बिहीबार विहानै पोखरा पुगेका बाबुरामलाई पृथ्वीनारायण क्याम्पसका विद्यार्थी सञ्जिव भट्टराईले जुत्ता प्रहार गरेका थिए ।
किन हाने युवाले जुत्ता ?
नयाँ शक्ति पार्टीनिकट विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पृथ्वीनारायण क्याम्पस पुगेका बेला बाबुरामाथि जुत्ता प्रहार भएको थियो ।
जुत्ता प्रहारपछि पक्राउ परेका विद्यार्थी सञ्जिव भट्टराईले देश विगार्ने एक पात्र बाबुरामसमेत भएकाले उनीमाथि जुत्ता प्रहार गरेकोकारण प्रहरीलाई बताएका थिए ।
‘बाबुरामलाई देश बिगार्ने प्रमुख व्यक्तिमध्येका हुन् । जसका कारण आज देश टुक्रा टुक्रा हुने अवस्थामा छ ।गरिब छ,’ उनले प्रहरीसमक्ष कारण खुलाए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डसहित शीर्ष नेताहरु काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई पनि भेट्दा जुत्ता हान्ने सोच बनाएको समेत खुलासा गरे ।
जिल्ला प्रहरी कार्यालय कास्कीलेसञ्जीवले राजनीतिक गतिविधिबाट दिक्काएर बाबुराममाथि आक्रोश पोखेको निष्कर्ष निकालेको छ ।