प्राधिकरण प्रमुख बनाइदिन मन्त्रीलाइ १० करोड अफर

समाचार

२९,मंसिर । उर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइदिन ५ जना व्यक्ति १० करोडको अफरलिएर आफूकहाँ आएको खुलासा गरेका छन् ।

मन्त्री शर्माको निजी सचिवालयद्वारा जारी प्रेस नेटमा प्राधिकरणको कार्यकारी निर्देशकका लागि दश करोडको अफर आएको उल्लेख छ ।

उनले दश करोडको अफर ल्याएर आउने व्यक्तिका विषयमा भने केही बताएका छैनन् ।तर आफूले व्यक्तिगत स्वार्थलाई भन्दा जनताको सेवा गर्ने कार्यलाई एक सुत्रीय नारा बनाएर अघि बढेको उनले दाबी गरेका छन् ।

‘मैले त्यस्तो अफर स्वीकार गरेको भए तपाइहरू जस्तो उद्योगपति म पनि हुनसक्थेँ हुँला ! तर मैले त्यो बाटोरोजिन, परिणामस्वरुप आज जनताको घर आँगन झिलिमिली भएको छ ।’

Post Comment