२९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चाको माग बमोजिम संविधान संशोधनप्रस्ताव परिमार्जन हुनसक्ने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल सिरहाद्धारा आज लहानमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले कुनै पनि हालतमा संशोधन प्रस्ताव फिर्ता नलिने अडान पनि दोहर्यानुभयो । उहाँले भन्नुभयो– ‘विपक्षीहरुले जतिविरोध गर्दा पनि संविधान संशोधनको प्रस्ताव नकारात्मक होइन्, बरु मधेसी मोर्चाको माग अनुसार सकारात्मक परिमार्जन हुनसक्छ ।’नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रह्नुभएका प्रधानमन्त्री प्रचण्डले संविधान हिमाल, पहाड र तराई मधेसलाई सर्बस्वीकार्य बनाउन संशोधनको प्रस्ताव संसदमा दर्ता गराएको बताउनुभयो ।
उहाँले संविधान मधेसी, जनजाति, थारु मुस्लिम लगायतकासमुदायका लागि सर्बस्विकार्य भए मात्र देशमा विकासले गति लिन सक्ने बताउनुभयो ।प्रधानमन्त्री प्रचण्डले पुरानो पुर्नसंरचना अनुसार भएपनि चुनाव गराउने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘चुनाव गराउनुपर्ने बाध्यता छ । त्यसैले संशोधन गरेर संविधानलाई सर्वस्विकार्य बनाई पुरानै संरचना अनुसार भएपनि चुनाव गराउछौं ।’
प्रधानमन्त्री प्रचण्ड पार्टीका नेता तथा दुई नम्बर प्रदेशका संयोजक मातृका प्रसाद यादबका छोराको विवाहमा सरिक हुन सिरहाको गोबिन्दपुर आउनुभएको थियो । उहाँ आजै काठमाडौं फर्किनुहुन्छ ।