१,पुस । सरकारले संविधान संशोधन विधेयक अगाडि बढाउन नसकेकै बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संशोधन विधेयकले मधेसीको मुद्दा सम्बोधन नगर्ने भन्दै आन्दोलनलगायत वैकल्पिक रणनीति तयार गर्न मधेसी मोर्चाका नेताहरूलाई सुझाव दिएका छन् ।
पूर्वमन्त्री केशवमान शाक्यको निवास बबरमहलमा बिहीबार अपराह्न मधेसी मोर्चाका नेतासँग गरेको तीन घन्टा लामो परामर्शमा भट्टराईले उनीहरूलाई आन्दोलनका लागि प्रेरित गरेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
भट्टराईसँगको छलफलमा मोर्चाका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबाट शनिबारसम्म संशोधन प्रस्ताव पारित गराउने सार्वजनिक प्रतिबद्धता माग गर्ने बताएका थिए ।
दाहाल–देउवाबाट आफूहरूले माग गरेअनुसारको प्रतिबद्धता शनिबारसम्म नआए आइतबार विज्ञप्ति जारी गरी प्रस्तावित स्थानीय निकाय निर्वाचन बिथोल्नेसहितको आन्दोलन घोषणा गर्ने रणनीतिमा मोर्चा पुगेकोराष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले बताए ।
नयाँ शक्ति नेपालका संयोजक भट्टराईले मधेसी मोर्चालाई संविधानको मूल धारमा ल्याउने उद्देश्यसहित संशोधन विधेयक दर्ता गरेका दाहालले एकाएक पुरानो संरचनाअनुसार स्थानीय निर्वाचनमा जाने रणनीति बनाउँदा आफू अत्यन्त दुखित बनेको बताएका थिए । ‘यो मधेस आन्दोलनमाथि धोका हो’, भट्टराईले भने।
प्रवक्ता झाका अनुसार भट्टराईले ‘संशोधन विधेयकमा प्रधानमन्त्रीले परामर्श गर्दा प्रस्तावले मधेसीको माग सम्बोधन नगर्ने भन्दै संशोधन गर्न सुझाव दिएको’ बताएका थिए । ‘पुरानै संरचनाअनुसार स्थानीय निर्वाचनमा जानु भनेको संघीयताविरुद्धको कदम हो ।दुईतीन दिनयताका प्रमुख तीन दलका गतिविधि हेर्दा उनीहरू पुरानै संरचनामा जान तयार भएको देखिन्छ । योसंविधान खतम गर्ने खेलमात्र हो ।
यस्तो षड्यन्त्रपूर्ण खेलको अन्त्यका लागि हामीबीच एक सहमतिका साथ आन्दोलनमा जानुको विकल्प छैन’, भट्टराईको भनाइ उद्धृत गर्दै रामसपाका प्रवक्ता झाले भन