पुनहरि बेल्बासे, भैरहवा, पुस १ । पाँच नम्बर प्रदेश टुक्र्याउन लागिएको बिरोधमा शुक्रबारदेखि सुरु भएको तीन दिने आमहड्तालका कारण लुम्बिनी अञ्चलको जनजिवन प्रभावित भएको छ । रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँचीमा यातायात, शिक्षण संस्था, उद्योग कलकारखाना, बजार तथा पसलहरु ठप्प भएका छन् ।
प्रदेश नम्बर ५ संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले रुपन्देहीको बुटवल, भैरहवा, नवलपरासी, पाल्पाको तानसेन, गुल्मीको तम्घास, अर्घाखाँचीको सन्धीखर्क बजारमा बिहानै देखि प्रदर्शन गरिरहेका छन् । सडकमा दूध तथा हरियो तरकारी बोकेका गाडी सञ्चारकमी र एम्बुलेन्स लगायतका साधनलाई चेकजाँच गरि मात्र छाड्ने गरेका छन् ।
रुपन्देही, कपिलबस्तु र नवलपरासीका दक्षिणी क्षेत्रहरुमा भने बन्दको प्रभाव कम परेता पनि गुल्मीमा लगातार १७ दिनदेखि बन्द हुँदा जनजिवन पूुर्णरुपमा प्रभावित बनेको छ । प्रदेश नम्बर ५ संयुक्त संघर्ष समितिले शान्तिपूर्ण आन्दोलन भनेता चोकचोकमा नेतृत्वविहिन बन्दकर्ताका कारण पत्रकार, बिरामी बोकेर अस्पताल हिँडेका मोटरसाइकलका चाबी खोसिदिएर आन्दोलनलाई अराजकतातर्फ धकेलेका छन् ।