उपेन्द्रले दिए भारत विरुद्ध यस्तो अभिव्यक्ति !

समाचार

२,पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दलहरुको हठको कारण ठूलो योगदानबाट प्राप्त भएको संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता खतरामा परेको बताएका छन् ।

पार्टीको जिल्ला कमिटी रुपन्देहीले आज लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले भने– ‘सबै राजनितीक शक्ति मिलेर जानुपर्नेमा सबै आआफ्नै अडानमा रहेरहठी पारा देखाउदा ठूलो योगदान र बलिदानबाट प्राप्त भएको संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता खतरामा परेको छ ।’पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका यादवले संविधान भनेको गतिशील दस्ताबेज भएको उल्लेख गर्दै सबैलाई अटाउनेगरी संशोधन गरेर जानुपर्नेमा सरकारले आफूहरुसंग सल्लाह नै नगरी प्रस्ताव लिएकोले मोर्चाले स्वीकार नगरेको स्पष्ट पारे ।

उनले संविधान संशोधन प्रस्तावको भारतीय दूताबासले विज्ञप्ती निकालेर स्वागत गर्नुको कुनै तूक नरहेको बताउदैं भने– ‘भाइ फुटे गवार लुटे भने जस्तै हामीहरु नमिल्दा अरुले हस्तक्षेप मात्रै गरेका हुन् । यद्यपी त्यसको कुनै तुक छैन ।’

एमाले लगायतका दलले संविधान संशोधनको प्रस्तावको विरोधमा शुक्रबार देखी नै ५ नम्बर प्रदेशमा आमहड्ताल गरिहेको बेला लुम्बिनीमै आएर नेता यादवले संविधान संशोधन गर्नै पर्ने तर हिमाल, पहाड तराईलाई मिलाएर लानुपर्नेमा जोड दिए ।

उनले मधेसका जनता भन्दा प्राचिन नेपालको सभ्यता संग जोडिएका सिंजाका जनता, कर्णाली र सोलुका जनता अति उत्पीडित र विपन्न भएको जनाउदैं राज्यले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने पनि बताए ।

मधेसी मोर्चाका मुख्य घटक संघिय समाज फोरम नेपालका अध्यक्ष यादवले क्षेत्र, जात र धर्म विशेषको राजनितीले देशलाई सकटग्रस्त तुल्याएको जनाउदैं नयां शक्ति नेपालसंग कार्यगत एकताको लागि छलफल भएको समेत जनाए ।

Post Comment