प्रचण्डलाइ राजदुत रे दिए यस्तो रोडम्याप , देउवाको सपना चकनाचुर !

समाचार

४,पुष । कांग्रेस र माओवादीले नसोचेको र नचिताएको बाटोतर्फ मुलुक अगाडि बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले सत्ता हत्याउँदा बनाएको रुपरेखा पनि भताभुंग भएको छ ।

चैतभित्र स्थानीय चुनाव गराउने, चुनावमा सोरपटार पारेर दुई पार्टीले जित्ने, त्यसपछि प्रचण्डले खुरुक्क छाडिदिएर देउवाले थपक्क प्रधानमन्त्री पद पाउने सपना बुनिएको थियो । प्रचण्डको प्रधानमन्त्री बन्ने सपना त पूरा भयो तर देउवाको सपना पूरा हुने छाँटदेखिएन । किनभने चैतमा चुनावनहुने निश्चित छ र त्यसपछि प्रचण्डले प्रधानमन्त्री पद देउवालाई उपहार नदिने पनि निश्चित छ । शनिबार चितवनमा जनजाति महासंघको कार्यक्रममा प्रचण्डले प्रष्ट भनिदिए– तीनवटा चुनाव गरेर मात्र प्रधानमन्त्री पद त्याग्छु ।प्रचण्डको यो वचनले कांग्रेसको देउवा क्याम्पमाठूलो भूकम्प गएको छ ।

उच्च स्रोतहरु अनुसार संविधान संशोधन नहुने र चुनाव पनि नहुने स्थिति देखिएपछि देउवा क्याम्पले प्रचण्डलाईगिराउने रणनीति निर्माण गरेको थियो ।

यसका लागि कांग्रेसले संविधान संशोधन विधेयक संसदमा पेस गर्न लगाउने, भोटिङ हुँदा विधेयक पारित हुँदैन, त्यसपछि प्रचण्डलाई राजीनामा गराउनेरणनीति बनाएको थियो । तर, प्रचण्डले विधेयक फिर्ता नलिने र अगाडि पनि नबढाउने रणनीति अपनाए । गतिरोध लम्बिँदै जाँदा प्रचण्ड प्रधानमन्त्री रहिरहने, गतिरोधको गाँठो फुकाउँदैमा देउवाको जीवन जाने अवस्था छ ।देउवाका लागि अर्काे दुखद संकेत पनि आएको छ । सो संकेत हो– गतिरोध लम्बिन्छ भने प्रचण्डलाई प्रधानमन्त्री पदमा कायम नै राखिरहने ।

मंसिर ३० गते राति साँढे आठ बजे नेपालका लागि भारतीय राजदूत रञ्जित रे सुटुक्क प्रधानमन्त्री निवास बालुवाटार छिरेका थिए । एक घन्टाभित्रमा रेले प्रचण्डलाई आगामी राजनीतिक रोडम्याप खुलस्त बताएको स्रोतहरुको दावी छ । भरपर्दाे सूत्र अनुसार रेले आफ्नो रोडम्याप सुन्न प्रचण्डका किचेन क्याविनेटका केही व्यक्तिहरुलाई पनि बोलाएका थिए ।

उनीहरु माझ राजदूत रेले संविधान संशोधन विधेयक कुनै हालतमा फिर्ता नलिनु, रेले एमालेलाई कर्नर पार्दै लैजानु, कांग्रेसलाई सत्ता हस्तान्तरणको चिन्ता नगर्नुभनेर स्पष्ट बताएका छन् । राजदूत रेले देउवाको भूमिकामा पनि घुमाउरो टिप्पणी गरेको माओवादी केन्द्रका एक प्रभावशाली नेताले बताए ।

उनका अनुसार एमालेलाई कर्नर पारेर साना दललाई फकाउन र संविधान संशोधनको प्रतिरक्षा गर्न देउवाले नसकेको आशयकको टिप्पणी रेको थियो । रेले लामो समय प्रधानमन्त्री पदमा बसिरहनु भन्ने आशय व्यक्त गरेपछि प्रधानमन्त्री प्रचण्डको मनोबल अचानक बढेको र अब उनले एमालेमाथि कडा प्रहार थाल्ने लक्षण देखिएको छ । रेको आशय अनुसार प्रचण्डले जातीय राजनीतिको कुरा थालिसकेका छन् । शनिबार उनलेचितवनमा राजदूत रेकै लाइन अनुसार जातीय विभाजन बढाउने कुरा बोलेका थिए ।

आउँदो माघ आठभित्र स्थानीय निकाय, प्रदेश र केन्द्रको चुनाव हुने बातावरणको अहिलेदेखि नै हत्या गर्ने भारतीय डिजाइन अनुसार प्रचण्ड डटेर अगाडि बढ्ने प्रष्ट संकेत देखिएको छ । चुनाव नगर्ने, चुनाव हुने बातावरण पनि बन्न नदिने तर मुखले चाहिँ चुनाव कि चुनाव भनिरहने प्रचण्डको रणनीति अब झन प्रष्टसँग आउने देखिएपछि प्रतिपक्षी एमाले पनि इन्तु न चिन्तु भएको छ ।

भारतीय राजदूत रे र प्रचण्डले यस्तो रणनीति बनाएको बुझेपछि एमालेले चाहिँ ज्यान फालेर दवाब सिर्जना गर्ने र जसरी भए पनि केन्द्रको चुनाव गराउने रणनीति बनाएको बुझिन्छ । एमालेका एक स्थायी समिति सदस्यले साँघुलाई बताए– उनीहरुको रणनीति हामीले बुझिसक्यौं, त्यसैले देश जोगाउने हो भने केन्द्रीय संसदको चुनाव गर्नुपर्छ ।

संविधान संशोधन नहुने हो भनेवर्तमान अन्यौल र अस्थिरता अनि चुनाव हुन नसक्ने अवस्थालाई निरन्तरता दिएर टिकिरहने प्रचण्डको रणनीति र यही अवस्थालाई निरन्तरता दिएर अर्काे वर्षको माघ आठकोसेरोफेरोमा नेपाललाई भड्खालमा जाक्ने भारतीय रणनीति अनुसारलाई सघाउ पुराउने काम अहिलेदेखि नै हुन थालेको छ ।

यही रणनीतिलाई सघाउन प्रधानमन्त्री प्रचण्डले अस्थिरतालाई बढावा दिन, विभाजनलाई चर्काउन अनौठा अभिव्यक्ति दिन थालेका हुन् ।

(साघु साप्ताहिकमा खबर छ )

Post Comment