१२,पुस । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालमा संयोजक डा बाबुुराम भट्टराईलाई राजनीतिक विवाद मिलाउनेजिम्मा दिएको पाइएको छ ।
एक महिनाअघि प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको दोस्रो भेटमा प्रधानमन्त्रीले सहयोगीको भूूमिका निभाउन प्रस्ताव गरेको र भट्टराईले स्वीकार गरेको स्रोतले बताएको छ । प्रधानमन्त्रीको प्रस्तावपछि नै भट्टराईले मधेसी मोर्चासँगको सम्पर्क बढाएका हुन ।संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्तठाकुरलाई बालुवाटारमा लगेर भट्टराईले छट्टुै छलफल गराइसकेका छन् ।
राप्रपाकासहितका दललाई पनि संविधान संसोधन प्रस्तावमा सहमति ल्याउने जिम्मा प्रधानमन्त्रीले भट्टराईलाई दिएको स्रोतले जनाएको छ ।सोमबार राजधानीमा भएको कार्यक्रममा प्रधानमन्त्रीले भित्री छलफल बाक्लै भइरहेको बताएका थिए ।
‘अहिले छलफल मात्रै होइनभट्टराईले प्रचण्डको सहयोगीको भूमिकामा काम गरिरहेका छन्’ प्रचण्ड नजिकका एक नेताले दावी गरे, ‘सरकारसँग असन्तुुष्ट रहेका दलका नेताहरुलाई भेट गर्ने र त्यसको विफ्रीङ प्रचण्डलाई गर्ने भट्टराईको काम रहेको छ ।’
राप्रपाका अध्यक्ष कमल थापालाई पनि ५ दिनअघि सरकारमा हुने सहभागिताका विषयमा भट्टराईले नै छलफल गरेका थिए ।
प्रधानमन्त्रीको तर्फबाट प्रस्ताव लिएर भट्टराई आएपछि कमल थापा छक्क परेको राप्रपाका एक नेताले बताए । ‘प्रचण्ड र भट्टराईबीचको सहकार्य भित्री रुपमा धेरै पर पुुगेको रहेछ’ राप्रपाका ती नेताले भने, ‘प्रचण्डका तर्फबाटसत्ता साझेदारीको प्रस्ताव भट्टराई लिएर आएपछि हाम्रा अध्यक्ष छक्क परेका थिए ।’
भट्टराई राजनीतिक विचौलियाका पात्र जस्तोबनेको ती नेताको टिप्पणी थियो । भट्टराईले पछिल्लो पटक संविधान संसोधनको पक्षमा वकालत गर्दै आएका छन् ।