रेसग ब्रेकफास्ट पछि संसोधनमा बहुमत पुर्यादिने मोर्चको प्रतिबद्धता

समाचार

१६,पुस । प्रमुख विपक्षी दल एमालेले संविधान संशोधनको प्रस्तावलाई राष्ट्रघातीभन्दै विरोध गरिरहेका बेला नेपालका लागि भारतीय राजदूत रञ्जित रेले फेरि मधेसी मोर्चाका तीन शीर्ष नेतालाई गोप्य रुपमा भेट गरेको खुलासा भएको छ।

स्रोतका अनुसार भारतीय राजदूत रेले मधेसी मोर्चाका नेताहरूलाई दुई दिन अगाडि (बिहीबार बिहान) ब्रेकफाष्टसहितको भेटवार्ता गरेका हुन् ।राजदूत रेसँगको भेटका लागि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव लैनचौरस्थित दूतावास पुगेका हुन् ।

भेटवार्ताका क्रममा राजदूत रेले एमालेसहितका विपक्षी दलहरूले राष्ट्रियताको नाममा भारत विरोध क्रियाकलाप गरेको तथा मधेसी मोर्चाको बद्नाम गरेको भन्दै मोर्चाका नेताहरूलाई संयम लिएर काम गर्न निर्देशन दिएको स्रोतको दाबी छ ।राजदूत रेले एमालेले विरोध गरे पनि संविधान संशोधन प्रस्तावको पक्षमा आफूले दुईतिहाइ बहुमत पुगाइ दिने आश्वासन मधेसी मोर्चाका नेताहरूलाई दिएको स्रोतको भनाइ छ ।

राजदूत रेको निर्देशनपछि मधेसी मोर्चाले संविधान संशोधनको प्रस्तावलाई सहयोग गरेर तीनवटै तहकोनिर्वाचनमा जाने गरी निर्णय गरेर शुक्रबार पत्रकार सम्मेलनमार्फत आधिकारिक धारणा सार्वजनिक गरेका थिए।

Post Comment