गृहमन्त्री निधिले एमाले अध्यक्षलाइ लगाए यस्तो आरोप !

समाचार

१७,पुस । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनावश्यक कुरा बोल्दै हिडेको आरोप लगाउनुभएको छ ।
नवौँ गोरखा महोत्सवको समापनसमारोहलाई आज सम्बोधन गर्दैनिधिले प्रश्न गर्नुभयो, ‘सत्तामा नरहेको, सत्ताबाट हटाइएको आवेशमा जिम्मेवार पार्टीको नेताले जे मन लाग्यो त्यही बोल्न र राष्ट्रघाती भन्न पाइन्छ ?’संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा भएको भन्दै निधिले संशोधन पारित भएपछि स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गर्ने बाटो खुल्ने बताउनुभयो ।

संसदमा दर्ता भएको संशोधन प्रस्तावले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षताजस्ता परिवर्तनलाई सुरक्षित गर्ने र संविधानलाई सर्वस्वीकार्य बनाउने प्रस्ताव भएको निधिको भनाइ थियो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई उहाँले राष्ट्रघात शब्दलाई सस्तो किसिमले प्रयोग नगर्न पनि आग्रह गर्नुभएको छ ।एमालेले संशोधन प्रस्ताव संसदमा टेवुल गर्न दिन्न भन्दै मुढे बल देखाएको निधिको भनाइ छ ।

‘संसदमा संशोधनको प्रस्ताव दर्ता गराउने अधिकार सरकारको संविधानसम्मत अधिकार हो’ उहाँले भन्नुभयो, “चित्त बुझेन भने संसदमा बोल्नुहोस् । मतदानको बेला विपक्षमा मतदान गर्नुहोस् ।कुनै पनि प्रतिपक्षी दलले संसदमा सरकारले विधेयक पेस गर्न पाउँदैन भन्न सक्दैन ।”उहाँले भन्नुभयो, “संसदमा वुद्धिको छलफल हुन्छ । बुद्धिको छलफलमा बिर्को नलगाउनुहोस्, मुढेबल नदेखाउनुहोस् ।”

राष्ट्रको आवश्यकता निर्वाचन भएको भन्दै उहाँले २०७४ माघ ७ गतेसंसद स्वतः बिघटन हुने भएकाले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गरिसक्नुपर्नेमा जोड दिनुभयो ।कांग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले बूढीगण्डकी जलविद्युत् आयोजना क्षेत्रका प्रभावितलाई उचित मुआब्जा वितरण गर्नुपर्ने माग गर्नुभयो ।

केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले मनास्लु पदमार्ग पुनर्निर्माण र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको पक्षमा सबै दल एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।गोरखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रवणकुमार जोशीले गोरखाको विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने धारणा राख्नुभएको छ ।

Post Comment