काठमाडौ १९,पुस। संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव संकटमा परेका छन् । भारतीय राजदुत रञ्जित रायले केही दिनअघि भारतीय दुतावास लैनचौरमा आयोजना गरेको ‘ब्रेक फास्ट मिटिङ’ मा यादव अनुपस्थित भएपछी अहिले भारतीय सस्थापन पक्षको निगरानीमा परेकाछन् ।
राजदुत रायले सोही दिन मधेश केन्द्रीत अन्य दलका नेताहरुलाई संसदमादर्ता भएको संशोधन प्रस्तावका पक्षमा उभिनसुुझाव दिदै त्यसलाई संसदबाट पारित गराउने जिम्मा आफ्नो भएको बताएका थिए ।
स्रोतका अनुसार यादवले राजदुत रायले बैठक आयोजना गरेको दिन आफु व्यस्त भएकोले बैठकमा आउन नसक्ने खवर मधेशी मोर्चाका अन्य नेताहरु मार्फत पठाएका थिए ।उपेन्द्र यादव भारतीय राजदुतले आयोजना गरेको बैठकमा नजानुुको खास कारण भने भिन्नै छ ।
बैठकमा सहभागी मोर्चाकाएक नेताले ‘उहाँ (उपेन्द्र यादव) जीले समय छैन भनेको कुरा राजदुतले गम्भीरतापुर्वक लिएको बताए ।
बैठकमा राजदुतले भनेका थिए ‘उपेन्द्र बाहेक तपाईहरुले अब सरकारसंग कुरा मिलाएर संशोधन प्रस्ताव पारित गर्ने तर्फ लाग्नुहोस, नत्र भविष्यमा यति पनि पाउन गाह्रो हुन सक्छ ।’भारतीय राजदुत रायले आयोजना गरेको ब्रेक फास्ट मिटिङ पछी मधेश केन्द्रत दलका नेताहरुले तत्काल संशोधन प्रस्ताव पारित गर्न सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई दवाव दिइरहेका छन् ।तर संघिय समाजवादी फोरमका अध्यक्ष यादवले भने परिमार्जनसहित पारित भएमा मात्र मधेशमा आन्दोलन रोकिन सक्ने, अन्यथा फेरी अर्को आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
अध्यक्ष यादव निकट स्रोतका अनुसार उनी भारतीय राजदुतले आयोजनागरेको बैठकमा नजानुुको खास कारण भने भिन्नै छ ।पछिल्लो समय भारतीय राजदुुत रायले आफुभन्दातराई मधेश लोकतान्त्रीकपार्टीका अध्यक्ष महन्थठाकुर र सद्भावना अध्यक्ष राजेन्द्र महतोलाई बढी विश्वास गर्ने र आफुलाई आन्दोलनको मोहडाका रुपमा प्रस्तुत गरिएको महशुस गरेका छन् । उनी सो बैठकमा सहभागी नहुनुुको मुख्य कारण चाँही यही असन्तुष्टि रहेको स्रोतले बतायो ।
संघीय समाजवादी फोरमका एक नेताले भने ‘राजेन्द्र महतोहरुको कुरा सुनेर प्रधानमन्त्री र काँग्रेस सभापतिलाई राजदुतले दवाव दिएपछी अध्यक्ष ज्युले अपमानितमहशुस गर्नुभएको छ । उहाँ अहिलेकै अवस्थामा संविधान संशोधन प्रस्ताव पारित भएमा मात्र मधेश आन्दोलनका मागहरुको सम्बोधन हुुँदैन भन्ने पक्षमा हुनुुहुुन्छ ।’उपेन्द्र यादव भारतीय राजदुतद्धारा आयोजित बैठकमा अनुपस्थित भएपछीठाकुर र महतोले उनको उछितो काढेका थिए । महतोले त उनको नामै लिएरमधेश आन्दोलनमा सहयोग गर्ने पक्षलाई नै यादवले असहयोग गरिरहेकोआरोप लगाएका थिए ।संशोधनमा असन्तुष्टि देखाएर फोरमले चुनावी एजेन्डा बनाउन खोजेको मोर्चाका नेताहरूको बुझाइ छ ।
मधेसी मोर्चाबाट बाहिरिने संकेत संविधान संशोधनका मुद्दामा फोरम र मोर्चामा आबद्ध अन्य दलबीच विवादछ ।बैठकमा राजदुत रायले सरकारले दर्ता गराएको संशोधन प्रस्ताव मधेशी जनताको हितमा भएको र अन्य माग सम्बोधन गराउन थप पहलकदमी आफुले लिने आश्वासन दिएका थिए ।
उनले अब सवै मधेशवादी दलहरु एक ठाउँमा नउभिए भविष्य संकटमा पर्ने भएकोले तत्काल पार्टी एकता गर्न सुुझाव समेत दिएको स्रोतले बतायो ।यस सम्बन्धमा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झालेआफुु सो बैठकमा सहभागी नभएको बताए ।
संघिय समाजवादी फोरमका अध्यक्ष यादवले भने भारतले पटक पटक आफुलाई कमजोर बनाउन पार्टी फुुटाइदिएको र पछिल्लो समय राजेन्द्र महतोलाई हिरो बनाएर आफ्नो मानमर्दन गराउने कामको सुुरुवात गरेको बताउने गरेका छन् ।
तर भारतीय दुतावासले भने यादव युुरोपियन युनियनको प्रिय पात्र बनेकोले उसको लगानीले नै संघिय समाजवादी पार्टीसंग एकता गराइदिएको भन्दै असन्तुष्टि पोख्ने गरेको छ ।