संसदमा थुक्ने मन्त्रीले भने :- म माथी षड्यन्त्र भो !

समाचार

काठमाडौं१९,पुस । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले संसदमा पासो थापेर आफ्नो बदनाम गरिएको बताएका छन् । सोमबार संसदमा ‘खैनी खाएर थुकेको’ दृश्य सार्वजनिक भएपछि सर्वत्र आलोचना भैरहेकाबेला उनले त्यसलाई आफुविरुद्धको षड्यन्त्र भएको बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लबमा आयोजित जयराम दवाडीद्वारा लिखित ‘मेरो जीवनयात्रा’ नामक पुस्तकको लोकार्पण कार्यक्रममा मन्त्री केसीले संसदको त्यो दृश्य बदनाम गर्ने नियतमा बाहिर आएको बताए ।

‘केही दिनदेखि म अस्वस्थछु, संसदमा एक्कासि मेरोघाँटी सर्क्यो, बाध्यताले थुक्नु पर्नेभयो,’ उलने भने ‘मैले गल्ती गरेकै हो तर बाध्यतालाई नबुझी जुन प्रकारको समाचार बाहिर आयो मलाई हाँसो लागेको छ।’ मन्त्री केसीले संसदमा आफ्नो बदनाम गर्नेगरी दृश्य खिचिएकोभन्दै आक्रोश पोखे ।‘केही दिनदेखि म अस्वस्थछु, संसदमा एक्कासि मेरोघाँटी सुक्यो, बाध्यताले थुक्नु पर्नेभयो,’ उनले भने, ‘मैले गल्ती गरेकै हो तर बाध्यतालाई नबुझी जुन प्रकारको समाचार बाहिर आयो मलाई हाँसो लागेको छ।’मन्त्री केसीको भनाई थियो ‘हतियार थापेर मलाईकुर्नेहरुको लागि मौका मिल्यो, कुनैदिन मेरै जस्तो समस्या अरुलाई पनि नआउला भन्न सक्दिन ।’

उनले संसदमा खैनी खाएर थुकेको नभएर दालचिनी खाएर थुकेको दावी गरे ।

Post Comment