माओबादी नेताले लगाए एमालेलाई यस्तो आरोप , सभामुख प्रती आशङ्का !

समाचार

२०,पुस । सत्तारुढमाओवादी केन्द्रका प्रभावशाली नेता हरिबोल गजुरलेलले एमालेलाई अडान नभएको पार्टीको संज्ञा दिएका छन् । नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता गजुरलेलले एमालेका नेताहरू आफै लगेर संसदको अबरोध हटाएको दाबी गरे ।

‘एमालेको अडान छैन । अडान नभएको पार्टी हो । नेताहरू जे मन लाग्यो त्यही बोल्छन्’, उनलेभने, ‘एमाले ‘तलपरे पनि माथि परे पनि मेरै मामाले जिते’ भन्ने पार्टी हो । एमालेलाई बल्ल जानताले बुझ्दै छन् ।’एमालका नेताहरूप्रति आक्रामक देखिएका माओवादी नेता गजुरलले सदनको अबरोध नखोलेको भए एमालेलाई नै ठूलो क्षति पुग्ने उल्लेख गरे । ‘सबै कुरा त सदनमा राख्ने हो नि ? उहाँहरूको ठेगान छैन । त्यो पार्टी नै त्यस्तो पर्यो । मलाई त एमाले विश्वास लाग्दैन । त्यसको चरित्र नै त्यस्तो भयो’, नेता गजुरलले भने, ‘गुनले गुनलाई कहाँ खान्छ र? उहाँहरूले हामीलाई खानु भयो ।’नेता गजुरलले माओवादीलाई एमालेले पटक पटक धोका दिएको आरो पनि लगाए । उनले मंगलबारको सदन एमालेलाई मौका नै नदिएर चलाउनु पर्नेमा आफू रहेको भन्दै प्रमुख सचेतकलाई सो विषयमा स्पष्टीकरण लिएको बताए ।

उनले सभामुख ओनसरी घर्ती पनि एमालेसँग सांठगांठ गरेको हो कि भने आशंका गरे ।‘संसद चलाउनु पर्ने थियो । हाम्रो दबाब पुगेन । हाम्रो मुख्य सचेतकसँग कुरा गरेको थिए । हिजो छलफल हुनुपर्ने थियो’, उनले भने, ‘एमालेलाई अप्ठेरो परिसकेको थियो । सभामुखले सदन नचलाएर एमालेलाई सजिलो पारिदिने कुरा भयो ।’एमालेले सर्वोच्चको आदेशको स्वागत गर्दै सदन चल्न दिने आशयको निर्णय गरेको थियो ।

सो निर्णयसँग पुस २४ गते बस्ने संसद बैठक चल्नेछ । सोबैठकमा संविधान संशोधन प्रस्ताव टेबुल हुने जनाइएको छ ।

Post Comment