ओलि सरकारले राखेको प्रमुखलाई सरकारले हटायो !

समाचार

२१,पुस । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदबाट हटाएको छ ।
सरकारले गत बिहिबार प्राधिकरणले पीडितलाई रकम बाँड्न नसकेको, कर्मचारीसँगसमन्वय गर्न नसकेको, पुनर्निर्माणको काम अघि बढाउन नसकेको लगायत पाँच वटा विषयमा स्पष्टीकरण माग्दै हप्ता दिनको समय दिएर ज्ञवालीलाई पत्र पठाएको थियो ।जवाफमा ज्ञवालीले बुधबार मात्रै १२ पेजको स्पष्टीकरणबुझाएका थिए ।

स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई बर्खास्त गरेको हो । उनको ठाउँमा कांग्रेसनिकट राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेललाई सिइओ बनाउने तयारी छ ।

केपी ओली नेतृत्वको तत्कालिन सरकारले ज्ञवालीलाई प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो ।सरकारको निर्णयविरुद्ध ज्ञवाली अब अदालत जाने भएका छन् ।

Post Comment