आइएसआइलाई सघाएको भन्दै भारतले लगायो नेपाल माथि यस्तो आरोप

समाचार

११ माघ । भारतले आफ्नो देशभा भइरहेको आतंककारी गतिविधिमा नेपालबाट सहयोग भइरहेको गम्भीर आरोप लगाएको छ ।

कश्मिरी मुलका व्यापारीहरुले दुर्घटना घटाउन भूमिका खेलेको पाकिस्तानी गुप्तचर संस्था आइएसआइका एजेन्टहरुलाई नेपालले सघाएको आरोप भारत छ ।

भारतको बिहारमा हालै भएको रेल दुर्घटनामा पनि त्यस्तै सहयोग भएको निष्कर्ष भारतले निकालेको छ । भारतले घटनाको छानविनका क्रममा नेपालमा रहेका आइएसआईका एजेन्टलाई नेपालले सहयोग गरेको भनेको छ ।

समाचार पत्र इन्डियन एक्स्प्रेसका अनुसार नेपालमा रहेका पाकिस्तानी गुप्तचर संस्था आइएसआईका एजेन्टहरुले भारतका रेल्वेहरुमा आक्रमण गर्ने योजना बनाइरहेको दाबी गरिएको छ ।

भारतीय सञ्चार माध्यममा गम्भीर आरोपसहितका समाचारहरु प्रकाशित भएपनि यसबारे नेपाल सरकारले कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । जनवरी २१ मा प्रकाशित भारतीय समाचार संस्थाहरुमा यस्तो खालको समाचार सामग्री प्रकाशित गरेका थिए ।

भारतीय सञ्चार माध्यामहरुका अनुसार भारतसँग सिमाना जोडिएका नेपालगञ्ज, कृष्णनगर, वीरगंज, रौतहट र सुनसरी लगायतका जिल्लाहरु आइएसआईले आतंकारीहरु भर्ना गर्ने र तालिम दिने केन्द्रहरु खोलेको आरोप पनि भारतले लगाएको छ ।

भारतले विशेषगरी काठमाडौंको ठमेल क्षेत्र र पोखरामा रहेर विभिन्न व्यवसाय गरिरहेका कश्मिरी व्यवसायीहरुले पाकिस्तानी आएसआइलाई एजेन्टहरुलाई आर्थिक सहयोग गरेको हुनसक्ने आरोप भारतले लगाएको छ ।

भारतीय समाचार पत्र इन्डियन एक्सप्रेसका अनुसार अफ्नो रेलवे सेवामाथि पाकिस्तानको आइएसआई एजेन्टले आक्रमण गर्ने योजना तयार गरेको सूचना पाएपछि अहिले भारतका गुप्तचर एजेन्सीहरुले नेपालमा लुकेर रहेका पाकिस्तानी गुप्तचर एजेन्सीका एजेन्टहरुमाथि निगरानी बढाएकोे छ ।

भारतले पाकिस्तानी आइएसआइले मुस्लिमहरुलाई नेपालबाट पासपोर्ट बनाएर पाकिस्तानमा आतंकबादको प्रशिक्षण लिन पठाउने रणनीति अपनाउन थालिएको आरोप पनि लगाएको छ ।

Post Comment