ठूलो संकटमा प्रचण्ड, देउवाले दिए यस्तो चेतावनी !

समाचार

काठमाडौं । सत्तारुढदल नेपाली काँग्रेसकै सभापति शेरबहादुर देउवाले अब चुनावको मिति घोषणा गर्न ढिलाई गर्न नहुने भन्दै प्रधानमन्त्री दाहाललाई यथाशिघ्र चुनावको मिति घोषणा नगरे ठिक नहुने चेतावनी दिएका छन्। स्रोतका अनुसार काँग्रेस सभापति देउवाले प्रधानमन्त्रीलाई मोर्चाको विरोधका बावजुदपनि अब निर्वाचनको मिति घोषणा गर्नुपर्नेबारे दबाब दिएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलेपनि चुनावको वातावरण बनाउनको लागि आफ्नो पार्टीले सरकारलाई सकारात्मक सहयोग गर्ने आश्वासन सत्तासिन दलका नेताहरुलाई दिएका छन्। उनले चुनाव नभए मुलुक संवैधानिक संकटमा फस्ने र प्राप्त सबैखाले उपलब्धिहरु गुम्ने खतरा औंल्याउँदै त्यसको लागि तीन ठूला दल मिल्नुको विकल्प नभएको समेत जिकिर गर्दै आएका छन्।

प्रचण्ड नेतृत्वको सरकार गठन भएको सुरुका दिनहरुमा सरकारप्रति निकै आक्रमक रुपमा प्रस्तुत हुने एमाले अध्यक्ष ओली आजभोलि निकै नरम बन्दै आएका छन्। चुनाव गर्ने कुरामा सबै दलहरु एकमत देखिएपनि यसको वातावरण बनाउनको लागि भने अहिलेसम्म कसैलेपनि गम्भिरता नदेखाएकोमा निर्वाचन आयोगपनि दलहरुसँग रुष्ट बनेको छ।

चुनावको लागि अब कसैको विरोध र असन्तुष्टिका कुरालाई सरकारले बेवास्ता गर्दै यथाशिघ्र चुनावको मिति घोषणा गर्नुपर्छ भन्ने पक्षमा राप्रपाका अध्यक्ष कमल थापा समेत निश्कर्षमा पुगेका छन्। उनले चुनावको लागि आफ्नो पार्टीे जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको आश्वासन ठूला दलका नेताहरुसँगको भेटमा दिएका छन्।

Post Comment