राजसंस्था र हिन्दुराज्य फर्काउने बिषयमा चिन र भारत संग ज्ञानेन्द्रको गोप्य छलफल

समाचार

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह यतिवेला थाईल्याण्डको राजधानी बैंककमा गोप्य भेटवार्तामा बस्त छन्। बैंककमा थाई नरेशले उनको सम्मानमा उच्च पदस्थ सूरक्षाको प्रवन्ध गरिदिएका छन्। बैंककमा पूर्वराजा ज्ञानेन्द्रले भारतीय उच्च पदस्थ राजनीतिज्ञहरुसँग गोप्य भेटवार्ता गरिरहेको स्रोतले जनाएको छ।

प्रमुख दलहरुवीच पछिल्लो समय उत्पन्न तिव्र मतभेद, राजनीतिक खिचातानीले गर्दा ६५ वर्ष लामो संघर्षपछि संविधान सभाबाट प्राप्त भएको संविधान कार्यान्वयनमा ढिलासुस्ती भैरहेको मौका छोपेर उनले यो वीचमा आफू पूनः नेपालको शक्तिमा स्थापित हुनको लागि भित्री तयारीस्वरुप यो भ्रमण गरेको बुझिएको छ। आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन हुन नसके मुलुक संवैधानिक संकटको भूमरीमा फस्ने र यो वीचमा दलहरुवीच जनताको विश्वास समेत हट्ने आँकलन गर्दै उनले छिमेकी मित्रराष्ट्र भारत र चीनलाई सन्तुलित विश्वासमा लिएर आफू पूनः शक्तिमा आउनेगरि भित्री तानाबाना बुन्दैछन्।

पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रवादी शक्तिहरुवीच एकता हुनुपर्ने भन्दै सार्वजनिक भाषण दिएपछि र राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशा कुसुमको विहेमा निम्ता पाएपछि पूर्वराजा शाह हौस्सिएका छन्। हुन त, राष्ट्रपति निकट स्रोतले पूर्वराजा शाहलाई विहेको निम्तो पनि एमाले अध्यक्ष ओलीको आग्रहमा गरिएको समेत संकेत गरेको छ।

पूर्वराजा शाहले पछिल्लो समय विभिन्न राष्ट्रिय दिवसको अवसरमा प्रेस वक्तव्य समेत जारी गरेर राष्ट्र र जनताको बारेमा चिन्ता प्रकट गर्न थालेका छन्। दलहरुवीचको आन्तकिर किचलोको कारण जनतालेपनि पूर्वराजाको बारेमा सहानुभुति प्रकट नगर्लान भन्न सकिँदैन।

पूर्वराजा शाह यतिवेला बैंककमा सपरिवार भएपनि उनी पारिवारिक जमघटमा भने त्यति सक्रिय छैनन्। बरु, उनी यतिवेला भारतीय विशेष राजनीतिक योजनाकारहरुसँग गोप्य छलफलमा जुटेको स्रोतले जनाएको छ।मित्रराष्ट्र चीन पनि यतिवेला वर्तमान सरकारसँग रुष्ट बनेको छ।
भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपालमा हिन्दूराष्ट्रको माँग ह्वात्तै बढेको छ। प्छिल्ला वर्षहरुमा यसको लागि विभिन्न राजनीतिक दलदेखि अन्य संघसंस्थाहरुले यसकोबारेमा विभिन्न दबाबमुलुक कार्यक्रमहरु समेत गरिसकेका छन्।

भारतले नेपालमा भारतको हिन्दुराष्ट्र चाहेका र चीनले भित्रि रुपमा राजसंस्था चाहेको विश्वासका साथ पुर्वराजा यतिवेला बैंककमा दुवै पक्षसँग गम्भिर छलफलमा जुटेका छन्।

Post Comment