काठमाडौं। मन्त्रिपरिषद बैठक बालुवाटारमा सुरु भएको छ। आज विहान मन्त्रिपरिषदको बैठक नबस्ने जानकारी सरकारका मुख्यसचिव सोमलाल सुवेदीले जानकारी गराएका थिए।
तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपरझट मन्त्रिपरिषदको बैठक डाकेका छन्। कानूनमन्त्री अजयशंकर नायकले बैठक सूरु भएको जानकारी दिए ।