काठमाडौं । सरकारले नेपाल प्रहरीको २५ औं आइजीपी आइतबार छान्ने भएको छ । कांग्रेसको रोजाईमा तेस्रो बरियताका जयबहादुर चन्दलाई बन्ने लगभग पक्का भएको छ । गृहमन्त्रीले विमलेन्द्र निधिले अडान छाडेपछि चन्द आइजीपी बन्ने भएको स्रोतले बताएको छ ।
दोस्रो बरियताा डिआईजी नवराज सिलवाल थिए । गृहमन्त्री निधीले गृह सचिव लोकदर्शन रेग्मीलाई २५ औं आइजी जयबहादुर चन्द बन्ने गरि क्याविनेटमा पेश गर्ने प्रस्ताव तयार पार्न निर्देशन दिएका छन् । मन्त्री निधीले आइतबारको बैठबमा प्रस्ताव लैजाने छन् । कांग्रेसका सभापति शेरबहादुर देउवाले चन्दलाई सिफारिस नगरेर गृहमन्त्री नै छाड्न निधीलाई निर्देशन दिएपछि उनी पनि लचक भएका हुन् । चन्द २०४४ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।