काठमाडौं । सरकारले अन्ततः डीआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको २५ औं आईजीपी पदमा नियुक्त गरेको छ।
आइतबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले डिआईजीपी चन्दलाई महानिरिक्षक –आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यस्तै सशस्त्र प्रहरीको प्रमुखमा भने सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ।