आईजिपी प्रकणपछि प्रचण्ड र ओलि नजिकीए ,देउवा एक्लै चन्दको पक्षमा

समाचार

काठमाडौं । आईतबारको मन्त्रिपरिषद्ले तेस्रो वरियताका डिआइजी जयबहादुर चन्दलाई आइजीमा नियुक्ति गर्ने निर्णय गरेसँगै नेपाली राजनीतिमा फेरि नयाँ तरँग उत्पन्न भएको छ।

वरियताक्रममा एक नम्बरमा रहेका डिआईजी नवराज सिलवाललाई नै ओईजीपी बनाउनुपर्ने अडान रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको चर्को विवाद थेग्न नसकेर अन्ततः आईतबार देउवाकै रोजाईका डिआईजी चन्दलाई आईजीपी नियुक्त गरे। तर त्यसको केही घण्टामै सर्वोच्च अदालतले चन्दलाई आइजी नबनाउन सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गर्यो।

यतिसम्म कुरा बाहिर आयो कि काँग्रेस सभापति देउवाले प्रधानमन्त्री दाहाललाई डिआईजी चन्दलाई आईजीपी नबनाईए सरकारबाट समर्थन फिर्ता लिने समेतको चेतावनी दिएका थिए। देउवाको यस्तो चेतावनी आएपछि प्रधानमन्त्री प्रचण्ड संशकित बनेका थिए। शनिबार साँझ प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति देउवावीच बालुवाटारमा बैठक बसेको थियो।

उक्त बैठकमा प्रधानमन्त्री प्रचण्डले देउवासँग गुनासो पोखेको थिए। उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘पहिलोपटक प्रधानमन्त्री बन्दापनि सेना प्रकरणले गर्दा पद गयो, अब यो पटक पनि प्रहरी प्रमुखमा मलाई आपत्त पर्लाजस्तो छ।’ प्रधानमन्त्री दाहालको यस्तो संशकित भनाई बाहिर आएपछि देउवाले अनुमान गरे कि यो प्रकरणमा एमालेको पनि गहिरो प्रभाव छ भने।

प्रधानमन्त्री दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजि श्रेष्ठको हरिसिद्धस्थित् निवासमा भएको गोप्य वार्तामा सिलवाललाई आईजीपी नबनाईए अदालत जाने सहमति भएको स्रोतले दाबी गरेको छ।

देउवाले पार्टीको राजनीतिलाई नै दाउमा राखेर गरिएको प्रहरी प्रमुखको नियुक्तिलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिंदै सर्बाेच्चले सबै दाबेदारको डीआइजीको कार्यमुल्यांकन फाइल लिएर अदालत आउन सरकारलाई आदेश गर्यो ।

आईजीपी प्रकरणले राजनीतिमा समेत नयाँ गठबन्धन पैदा भएको छ। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षवीच अर्को गठबन्धन बनिसकेको समेत सुत्रहरुले जनाएका छन्। तर काँग्रेस सभापति देउवा भने अहिले एक्लिएका छन्। सर्वोच्च अदालतमा अहिलेपनि पूर्वप्रधानन्यायधिश राम प्रसाद श्रेष्ठ, पूर्वसभामुख सुवास नेम्बाङ्, हालका न्यायधिशहरु हरिकृष्ण कार्की, सपना मल्ल, र एमाले नेता अग्नि खरेलहरु यो प्रकरणलाई लिएर कसरी अघि बढ्ने भन्नेबारे समेत आन्तरिक छलफल भएको छ।

त्यसपछि शुक्रबार नै अदालतमा जयबहादुर चन्दको विरुद्धमा रिट दायर भएको स्रोतले दाबी गरेको छ। प्रधानन्यायाधिश सुशिला कार्कीले उक्त रिटमा आँफैले अन्तरिम आदेश जारी गरेकी थिईन्।

Post Comment