चन्दले सिलवाललाई गर्ने भए सलाम !

समाचार

काठमाडौ ।आइजी उपेन्द्रकान्त अर्यालले आज अवकाश पाएसँगै डिआइजी नवराज सिलवालले कार्यवाहक आइजीको जिम्मेवारी पाउने भएका छन् ।

आज अपराह्न प्रहरी प्रधान कार्यालयमा आइजी अर्यालले सिलवाललाई कार्यवाहक आइजीको जिम्मेवारी सुम्पिने एक उच्च प्रहरी अधिकारीले बताए ।

सिलवाललाई कार्यवाहक जिम्मेवारी दिएपछि आइजी अर्याल र बहाल भएका सबै एआईजीहरुले प्रहरी सेवाबाट आजैदेखि अनिवार्य अवकाश पाउँदै छन् । सिलवाललाई कार्यवाहक आइजीको जिम्मेवारी दिने कार्यक्रममा प्रहरीका सबै वरिष्ठ अधिकृतहरु उपस्थित हुने भएका छन् ।

यसअघि आइतबारको मन्त्रिपरिषद्ले तेस्रो वरियताका डिआइजी जयबहादुर चन्दलाई आइजीमा नियुक्ति गर्ने निर्णय गरेपनि त्यसको केही घण्टामै सर्वोच्च अदालतले चन्दलाई आइजी नबनाउन सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
अब केही दिनका लागि भएपनि चन्दले सिलवाललाई स्यालुट गर्नुपर्नेछ ।

Post Comment