महानिरीक्षकको जिम्मेवारी डा. पोखरेललाई

समाचार

काठमाडौं । सरकारले नेपाल प्रहरीको नियमावली संशोधन गरेर प्राविधिक तर्फका अतिरिक्त प्रहरी महानिरीक्षक डा.दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले डा.पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले प्रहरी नियमावलीमा संशोधन गरेर एक पटकका लागि प्राविधिक तर्फका एआइजीलाई निमित्त महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

गृहमन्त्री विमलेन्द्र निधिले प्रहरी नियमावलीको संशोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरेका थिए ।

सरकारले आइतबार बिहान तेस्रो नम्बरका डिआइजी जयबहादुर चन्द नियुक्त गरेलगत्तै सर्वोच्च अदालतले तत्काल तत्काल काम नगराउनु भनी अन्तरिम आदेश दिएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बसेर प्राविधिक तर्फका अतिरिक्त प्रहरी महानिरीक्षक डा. पोखरेललाई निमिक्तको जिम्मेवारी दिएको हो ।

महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित ९ जना अतिरिक्त प्रहरी महानिरीक्षकहरू सोमबारबाट अनिर्वाय अवकाश पाएका छन् ।

Post Comment