काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । आज साँझ ५ बजेपछि प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा नियमित एजेण्डामा छलफल हुनेछन् । यसअघिका बैठकमा नियमित एजेण्डामा छलफल हुन नसकेकाले आज मन्त्रालयबाट आउने नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । आज एआईजी बढुवाका विषयमा पनि मन्त्रिपरिषद्मा छलफल हुनेछ ।
त्यस्तै स्वास्थ्य मन्त्रालयले नागरिकले स्वास्थ्य उपचारमा पाउने निशुल्क रोगको थप सूची बढाउने गरी प्रस्ताव पेश गर्ने तयारी गरेको छ । बैठकमा भूकम्पपछिको पुनःनिर्माण, स्थानिय तहको निर्वाचनका विषयमा पनि छलफल हुने मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।