उपराष्ट्रिपति पुनले भारतिय राजदुतको प्रशंसा गर्दै यसो भने !

समाचार

काठमाण्डु । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल–भारत सम्बन्धलाई सबल र सुदृढ बनाउनमा नेपालका लागि भारतीय राजदूत रणजित रायले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

आफ्नो कार्यकाल पूरा गरी भारत फर्कन तयारी गरिरहेका राजदूत रायलाई महामाना माल्भिया मिसनले सोमबार आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उपराष्ट्रपति पुनले राजदूत रायको योगदानलाई नेपाली जनताले सधैँ सम्झिरहने बताउँदै आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्धलाई सफलतापूर्वक सम्पन्न गरेर फर्कन लागेकामा राजदूत रायलाई बधाई ज्ञापन गरे ।

माल्भिया मिसनले नेपालमा हिन्दू विश्वविद्यालय स्थापना गर्न सक्रियता देखाएको भन्दै उनले उक्त कार्यमा आफूले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

वातावरण तथा जनसङ्ख्यमन्त्री जयदेव जोशीले सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गरेका राजदूत रायले दुई देशको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकामा बधाई व्यक्त गरे ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रजातन्त्रलाई चिरस्थायी बनाइराख्नका लागि आवधिक निर्वाचन अनिवार्य भएको भन्दै त्यसका लागि सबैको दबाबको आवश्यकता औँल्याए ।

राजदूत रायले आफ्नो कार्यकालमा दुई देशको सम्बन्धलाई सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले अगामी निर्वाचनमा भारतको सहयोग रहने अपेक्षा गरे ।

Post Comment