पूर्बराजाले कमल थापालाई भने :-‘राजसंस्था नछोडेकोमा धन्यवाद’

समाचार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपा अध्यक्ष कमल थापालाई फोन गरेर बधाई दिएका छन्। पूर्वराजा शाहले थापालाई फोन गरेर बधाई दिनुको कारण एउटै कारण हो, थापाले राजसंस्थालाई प्रमुख एजेण्डा बनाएका छन्।

स्रोतका अनुसार पूर्वराजा शाहले राप्रपाको एकता महाधिवेशनपछि चयन हुने नेतृत्वमा पनि थापालाई नै सघाउने तयारी गरेका छन्। हुन त दुवै पार्टीलाई मिलाउनको लागि शाहले ठूलो भूमिका निर्वाह गरेका थिए।

आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा हुने भनिएको राप्रपाको पहिलो एकता महाधिवेशनमा पार्टीको नेतृत्वलाई लिएर अहिलेदेखि नै अध्यक्षका प्रत्यासीहरुद्धारा भित्री तयारी सुरु भैसकेको छ।

महाधिवेशन सफल पार्न पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। राप्रपा राष्ट्रिय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले समितिमा पशुपतिशमसेर राणा, लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनीलगायतलाई राख्ने निर्णय गरेको छ। बैठकले ११ वटा उपसमिति बनाउने निर्णय पनि गरेको छ।

Post Comment