काठमाडौं । नेपालका लागि भारतीय राजदुत रञ्जित रेले नेपाली राजनीतिक दलका नेताहरुका कारण नै भारतीले राजनीतिक चासो राखेको बताएका छन् । उनले नेपालमा राजनीतिक मिल्नुपर्ने भारतको चाहाना रहेको तर त्यही मिल्न नसक्दा नेताहरुका कारण नै भारतले चासो राखेको बताए । य राजदुत रेले आफ्नो राजनीतिक मिल्न नसक्दा हरेक देशमा र्ओ ठूलो छिमेकी प्रति आरोप लगाउने गरेको र नेपालमा यही देखिएको बताए ।
संविधानमा भारतको असन्तुष्टि र चासो किन ? भन्ने प्रश्नमा उनले भारतले संविधानमा सबैको साथ होस भन्ने चाहाना राख्ने गरेको र त्यही मात्रै अभिव्यक्तिका रुपमा आएको बताए । भारतले् नेपालमा सबै नागरिक एक आपसमा मिलेर बसुन, सबैको अपनत्व होस भन्ने चाहाना राख्नु गलत भएको बताए ।
अहिले भइरहेको संविधान संसोधनको प्रयासमा भारतको स्वागत र समर्थन रहेको उनले बताए । ‘अहिले सबैलाई समेट्ने प्रयास भइरहेको छ ’ उनले भने, ‘यसमा भारतको समर्थन पनि छ सहयोग गर्न पनि तयार छ । ’ उनले संविधान कार्यानवयन र स्थायित्वका लागि चुनाव हुनुपर्ने बताए ।