मोदिका दूत आउँदैछन् नेपाल , देउवा र प्रचण्ड सहितका नेतालाई भेट्ने

मोदिका दूत आउँदैछन् नेपाल , देउवा र प्रचण्ड सहितका नेतालाई भेट्ने
समाचार

काठमाडौँ । भारतका केन्द्रीय रेलमन्त्री सुरेश प्रभु आज नेपाल आउँदैछन् ।

उनी मम्याह्न नयाँदिल्लीबाट राजधानी आइपुग्ने बताइएको छ । नेपाल उद्योग परिसंघको आयोजनामा आगामी फागुन ८ र ९ मा राधजानीमा हुने ‘सेकेण्ड इन्फ्रास्ट्रक्चर समिट–२०१७’ मा सहभागी हुन उनी आउन लागेका हुन् । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदघाटन गर्नेछन् ।
कार्यक्रममा प्रभु मुख्यवक्ता हुनेछन् । नेपाल बसाइका क्रममा प्रभुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली र भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

Post Comment