चर्चित नेपाली पप गायक निमा रुम्बा उनको बहुप्रतिक्षित सांगीतिक कार्यक्रममा भाग लिन सिकागो आइपुगेका छन। सिकागोका नेपाली युवा व्यबसायहरुको संस्था तरंगले भ्यालेन्टाइन डे विकेन्डू पारेर आयोजना गर्न लागेको भब्य मनोरन्जनात्मक कार्यक्रमका मुख्य आकर्षण निमा रुम्बा हुनेछन। प्रबासमा रहेर पनि आफ्नै स्वादको गित संगीतको मनोरंजन लिन पाइने कुराले सिकागोका युवा हरुलाई उत्साही बनाएको छ।
नेपाली गायन जगतमा निमा रुम्बाको ठुलो क्रेज भएको तथ्यलाई मध्ये नजर राखेर तरंगले सिकागोका युवाहरुलाइ भरपुर मनोरंजन दिन उनलाई निम्त्याएको कुरा तरंगका संचालक मध्येका एक बिबेक बर्माले बताए। सिकागोमा उत्रदै गर्दा उनलाई स्वागत गर्न गएका साथीहरुलाई निमाले भने “यसपालिको भ्यालेन्टाइनमा सिकागो बासिसँग माया लाउन पाएकोमा खुशी लागेको छ ।”
सिकागोको लोगन स्क्वायर अडिटोरियममा यहि फेब्रुवरी १९ तारिख आइतवारका दिन साँझमा आयोजना हुन लागेको सो कार्यक्रमको टिकट बिक्रि अत्यन्त उत्साहजनक भएको कुरा तरंगका अर्का संचालक मोहन पौडेलले यू एस नेपाल न्युजलाई बताए।