वीरगञ्ज । तराईमा विखण्डनवादी शक्ति सक्रिय भइरहेका बेला राष्ट्रिय एकता बलियो पार्न पूर्वराजा ज्ञानेन्द्र शाह मधेस झरेका छन् ।
शुक्रबार शिवरात्रीका दिन पूर्वराजा शाहलाई पर्साको वीरगञ्जमा भव्य स्वागत गरिएको छ । पछिल्लो समय वक्तव्यमार्फत राष्ट्रिय एकता र सद्भाव खल्बलिन थालेकोमा चिन्ता व्यक्त गर्दै आएका शाह अब राष्ट्रिय एकता मजबुद पार्न आफै मैदानमा उत्रिएको टिप्पणी गर्न थालिएको छ ।
हिन्दूवादी युवा नेता विकास ठाकुर भन्छन्– ‘मधेसमा सीके राउतको जनमत बनिरहेको छ, मधेसलाई अलगत हुनबाट कोही रोक्न सक्दैन्, मधेस अलग भएरै छाड्न भन्नेलाई पूर्वराजा ज्ञानेन्द्र शाहले गतिलो झापड दिनुभएको छ । उहाँको आगमनले विखण्डकारीको नाश हुन्छ ।’
तराईका बासिन्दा समेत रहेका नेता ठाकुरका अनुसार पूर्वराजा शाह आउने थाहा पाएपछि हिजोसम्म आन्दोलन गरिरहेका गाउँ गाउँका मधेसी जनता स्वागत गर्न वीरगञ्ज पुगेका थिए । त्यहाँ समर्थकले ‘राजा आउ देश बचाउ, मेरो देश प्राण भन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए ।
यद्यपी पूर्वराजा शाह धार्मिक भ्रमणका सिलसिलामा वीरगञ्ज पुगेका हुन् । उनले आज विहान अलखिया मठ र माईस्थानस्थित गहवा माई मन्दिरमा पूजा अर्चना गरेका थिए ।
मधेश अलग राज्य भन्नेलाई झापड दिन पूर्वराजा मधेसमा
![मधेश अलग राज्य भन्नेलाई झापड दिन पूर्वराजा मधेसमा](https://usnepalnews.net/wp-content/uploads/2017/02/Gyanendra-shah-Birjung-4.jpg)