काठमाण्डौं । बैशाख ३१ गते हुने स्थानिय निर्वाचनको लागि सरकारले तीन चरणको सुरक्षा व्यवस्था मिलाएको छ ।
रक्षा मन्त्रालयले दोस्रो संविधान सभाको निर्वाचन जसै यो पटक पनि नेपाली सेनालाई तेस्रो स्थानम राख्ने स्रोतले बताएको छ ।
निर्वाचनलाई धादलीरहित मर्यादित बनाउन निर्वाचन आयोगको प्रस्तावमा यस्तो गर्न लागेको स्रोतको दाबी छ ।
मतदान केन्द्रको करिब साढेँ दुई किलोमिटरको दुरीबाट नै सेनाले सुरक्षा दिनेछ ।
मतदान केन्द्रको दोस्रो घेराको सुरक्षा सशस्त्र प्रहरी र मतदान केन्द्रको मुख्य सुरक्षा नेपाल प्रहरील दिनेछ ।
यस्तै निर्वाचन सम्पन्न भएपछि मतपेटिका ओसार पसारको जिम्मा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गर्नेछन् । दुवैले सुरक्षा दिन नसकेमा नेपाली सेनाले दिनेछ ।
मतदानस्थलमा खटिएका कर्मचारीको सुरक्षा पनि सुरक्षाकर्मीले दिनेछन् ।
यस्तै निर्वाचन ओयोगले अत्यावश्यक सामाग्री ढुवानीदखि मतपत्रको सुरक्षाको जिम्मेवारी सेनालाई दिने तत्परता देखाएको स्रोतको दाबी छ । यसबारे गृहले विस्तृत अध्यन गरिरहेको छ ।