नेपालका लागि नयाँ भारतीय राजदूतमा मन्जिभसिंह पुरी,को हुन् उनी?

नेपालका लागि नयाँ भारतीय राजदूतमा मन्जिभसिंह पुरी,को हुन् उनी?
समाचार

काठमाडौं। नेपालका लागि नयाँ भारतीय राजदूतमा मन्जिभसिंह पुरी नियुक्त भएका छन् । रन्जित रेको साढे तीन बर्षे कार्यकाल सकिएपछि मन्जिभ सिंह नयाँ राजदूतको जिम्मेवारी सम्हाल्न आउन लागेका हुन् । राजदूत रे आजबाटै कुटनीतिक सेवाबाट रिटायर्ड हुँदैछन् ।

भारत सरकारले बुधबार परराष्ट्र मन्त्रालयलाई पुरीको नाम पठाएको हो । उनी हाल बेल्जियम, युरापेली संघ र लक्जेम्बरका लागि राजदूत थिए । उनी भारतीय परराष्ट्रसेवामा सन् १९८२ का अधिकृत हुन् ।

भारतीय राजदूतका लागि नेपाल मिसन चुनौतीपूर्ण र जटिल मानिन्छ । बिदाई भेटबार्ताका क्रममा राजदूत रेले समेत आफ्नो नेपाल बसाई जटिल र निराशाजनक रहेको बताएका थिए । नेपाल पठाउने राजदूतका बारेमा बिभिन्न नाम आइरहेका बेला परराष्ट्रसेवाका यी बरिष्ठ अधिकारी नेपालको राजदूत नियुक्त भएका हुन् ।
यसअघि उनले न्यूर्योक मिसनमा उपप्रमुख भएर काम गरेका थिए ।

Post Comment