काठमाडौं। मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची महाकाली अभियानको विरोधका क्रममा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भए लगत्तै आकस्मिक बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो ।
आज साँझ संघीय समाजवादी फोरम नेपालको केन्द्रिय कार्यालय तीन कुनेमा बसेको मोर्चाको बैठकले गरेको निर्णयबारे मोर्चाले सरकारलाई भोलि पत्र पठाउने छ ।
त्यस्तै मोर्चाले भोलि र पर्सि मधेश बन्दको घोषणा गरेको छ। सप्तरी घट्नाको विरोधमा राष्ट्रिय मधेश समाजवादी पार्टी महासचिव केशव झाका अनुसार मोर्चाले भोलि सरकारलाई दिएको समर्थन फिर्ता बारे सभामुखलाई पत्र बुझाउने भएको छ।